गरिमा विकास बैंकले सम्पन्न गर्यो देशव्यापी वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम


बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकले मिति २०७९ साल आश्विन ३ गते संविधान दिवसको दिन आफ्नो सबै १२० शाखा कार्यालयहरु र १ एक्स्टेन्सन काउण्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सफलताको साथ सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुख लगायत १ हजार कर्मचारीहरु मार्फत नेपालभर करिब ५०,००० ग्राहकहरुलाई विभिन्न बैकिङ्ग सेवा प्रदान गरिएको छ ।

आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक संजालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुको फाईदाहरु लगायतका विषयहरुको बारेमा सूचना सम्प्रेषण गरिएको थियो । साथै, बैंक खाता खोल्न ईच्छुक ग्राहकहरुलाई उनिहरुको घरआँगनमै बैंक खाता खोलिएको थियो ।

हाल, गरिमा विकास बैैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर एवं ५१ एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले डिजिटल बैकिङ्ग अन्तर्गत गरिमा डिजि बटुवा, ईन्टरनेट बैकिङ्ग, भिजा डेविट कार्ड, अनलाईन बैंक खाता मार्फत पनि सेवा दिदै आईरहेको छ ।