बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमवार एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको आइतवार कायम अन्तिम शेयरमूल्य ५४० को आधारमा १४ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बोनस पछिको मूल्य नेप्सेले रू. ४७१ दशमलव ६२ तोकेको छ ।
मंगलवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोयबार खुला हुनेछ । कम्पनीले यस वर्ष आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको आधारमा कुल रू. १५ दशमलव २६ प्रतिशत लाभांश वितरणको गर्न लागेको हो ।
प्रतिक्रिया