आरएमडीसी र साना किसान विकास लघुवित्त मर्जरमा जाने, नेप्सेमा शेयर कारोबार रोक्का

आरएमडीसी र साना किसान विकास लघुवित्त मर्जरमा जाने, नेप्सेमा शेयर कारोबार रोक्का


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता गरेका छन् । दुबै लघुवित्तबीच भदौ ३१ गते सम्झौतापत्रमा हस्ताक्षार भएको हो ।

मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी शुक्रबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झाैता अनुसार आरएमडीसी लघुवित्तको १०० शेयरलाई मर्जर पश्चात बन्ने संस्थाको ८७ कित्ता शेयर कायम (१००:८७) कायम हुने गरी स्वाप रेसियो कायम हुनेछ भने साना किसानका शेयरधनीको कित्तामा परिवर्तन हुने छैन् । । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवमं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार मर्जर प्रकृया अघि बढेको हो ।

मर्जर प्रकृया अघि बढेकोले दुबै लघुवित्तको कारोबार रोक्क भएको नेप्सेले जनाएको छ ।