आइएमई जनरल इन्स्योरेन्स र ईशान बाल तथा महिला अस्पतालबिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र ईशान बाल तथा महिला अस्पतालबिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ईशान बाल तथा महिला अस्पताल (Ishan Children and Women’s Hospital Pvt. Ltd.) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र Ishan Children and Women’s Hospital Pvt. Ltd. का हस्पिटल डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् । 

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म Ishan Children and Women’s Hospital Pvt. Ltd. बाट नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सुविधा प्राप्त गर्न सकिने छ । 

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले Ishan Children and Women’s Hospital Pvt. Ltd. ले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख (IGI Medical Insurance Policy) खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस (Cash Less Hospitalization) सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।