बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार असोजमा ब्याजदर बढेको छ ।
नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत पुगेको छ । यस्तै संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने भएको हो ।
बचतमा ७.१३ देखि ९.१३ प्रतिशतसम्म ब्याज पाइने छ । बचतमा जिरो ब्यालेन्स देखि निश्चित रकम राखेर खाता खोल्न सकिने बैंकले जनाएको छ । बैैंकबाट ऋण लिँदा आधारदरमा ६ प्रतिशत प्रिमियर जोडिने छ । अहिले बैंकको आधारदर ९.९७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया