नेपाल लाइफको लाभांश घोषणा, शेयरधनीले नगद लाभांश मात्र पाउने

नेपाल लाइफको लाभांश घोषणा, शेयरधनीले नगद लाभांश मात्र पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँको १५.७९ प्रतिशतले हुन आउने १ अर्ब २९ हजार ५९ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।