सनराइज बैकको मुद्वती खातामा १४.१३% र बचतमा १०.१३% ब्याज पाईने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैकको रेमिटेन्स मुद्वती खातामा १४.१३% ब्याज उपलब्ध गराउनुका साथै ब्यतिगत मुद्वतीमा १२.१३% ब्याज दिने भएको छ ।

यसका अलावा रेमिट्यान्स बचत खातामा १०.१३% ब्याजका साथै साधारण बचतमा ७.१३% र संम्पुर्ण बचत नामक खातामा ९.१३% ब्याज दिने बैकले जनाएको छ । यो ब्याजदर आश्विन १ गतेबाट लागु हुनेछ ।

साथै, बैकले ५, १० र १५ गुणाको प्रतिफल दिने आर्कषक योजना पनि कायमै राखेको छ ।