बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बिहीबार लघुवित्तकाे ८ लाख ७० हजार १ सय ४२.३१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया