ग्लोबल आईएमई लघुवित्तद्धारा ८० जना ग्राहकलाई बाख्रापालन तालिम प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले रौतहट जिल्लास्थित समनपुर शाखा कार्यालयबाट ८० जना ग्राहक सदस्यहरुलाई बाख्रापालन तालिम प्रदान गरेकोे छ ।

वित्तीय संस्थासग आवद्ध सदस्यहरुको आम्दानीको श्रोत वृद्धि गराउने उद्देश्यका साथ संचालन भएको तालिममा पशु स्वास्थ्य डाक्टरद्वय सुलभ कुमार चौधरी तथा केशव खड्काले बाख्रा पालन गर्दाका फाइदा, बाख्रापालन गर्ने तरिका तथा बाख्रालाई रोगलाग्दा कसरी रोकथाम गर्ने भन्ने विषयमा तालिम दिएका थिए ।

विगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि संस्थाले ग्राहक संरक्षण कोष अन्तर्गत आफ्ना सदस्यहरुलाई तालिम तथा अवलोकन भ्रमण लगायत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।

हाल ११९ वटा शाखा कार्यालय रहेको यस वित्तीय संस्थाले १ लाख ४८ हजार २०५ घरधुरीलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरी लघुवित्तले आफ्ना ग्राहक सदस्यहरुलाई ८ अर्ब ५३ करोड ६६ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ भने उनीहरुबाट २ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।