बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले ललितपुर जिल्लाको भैंसेपाटी शाखामा आवद्ध ग्राहक सदस्यहरुलाई खेलौना बनाउने तालिम प्रदान गरेको छ । भाद्र २६ र २७ गते गरी २ दिन सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख २१ जना ग्राहक सदस्यहरुलाई सहभागी गराइएको कम्पनीले जनाएको छ ।
तालिमको क्रममा लघुवित्तका नायब प्रबन्धक माधव प्रसाद शर्माले तालिमबाट सिकेको सीपलाई उद्यमशिलता विस्तारमा लगाउनुपर्ने र समयको उचित सदुपयोग गरी सानो आयमूलक क्रियाकलाप बाट समेत आम्दानी सिर्जना गर्न सकिने भएकोले परिश्रमी हुनुपर्ने विषयमा हौसला प्रदान गरेका छन् ।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग, ई–सेवा, कनेक्ट आईपिएस र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्धेश्यले विभिन्न किसिमका क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया