बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्थाले संस्थापक समुहको तीन लाख कित्ता शेयर बोलकबोल मार्फत बिक्रीका लागि आह्वान गरेको छ । संस्थाले इच्छुक लगानीकर्तालाई प्रति कित्ता न्युनतम मूल्य ३९५ रुपैयाँ वा सो भन्दा माथिको लागि बोलपत्र पेश गर्न अनुरोध गरेको छ ।
लगानीकर्ताले असोज ४ गतेदेखि १२ गते भित्र तोकिएका सर्तहरु पुरा गरी आवेदन दिन सक्नेछन् । संस्थाले यस भन्दा अगाडी विद्यमान संस्थापकहरुलाई खरिदका लागि आह्वान गरेको थियो तर उनिहरुले खरिद गर्न नचाहे पछि अन्य लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो ।
आवेदकले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतमका लागि आह्वान गरिए बराबरकै लागि आवेदन दिन सकिनेछ । बोलकबोलको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रतिक्रिया