नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले उक्त बोनस शेयर वितरणका लागि कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।