बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार (आज) १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल १० अर्ब करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी असोज २५ गते परिपक्व हुनेछ । भने ९१ दिन अवधिको ट्रेजरी मंसिर २७ गते परिपक्व हुनेछ । बैंकले यसअघि ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ गरी कुल ६ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिलबिक्री गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।
प्रतिक्रिया