लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच नगदरहित उपचार सुविधा प्रदान गर्ने सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पतालबीच नगदरहित उपचार सुविधा प्रदान गर्ने सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र नारायणी समुदायिक अस्पतालबीच सम्झौता भएको छ ।

यस सम्झौता पश्चात लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।

उक्त सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।