बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले शनिबार ग्राहकहरुमा वित्तीय साक्षरता पुर्याउन र आफ्नो सेवा, सुविधाहरुको जानकारी तथा खाता खोल्ने सुविधा दिन आफ्नो देशभर रहेको सबै शाखा कार्यालयहरु र केन्द्रीय कार्यालयका कर्मचारीहरुद्वारा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा बैंकका अध्क्षय, सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारीहरु तथा अन्य सम्पूर्ण कर्मचारीहरु र केही संस्थापक शेयरधनीहरुको समेत सहभागीता रहेको थियो ।
बैंकले आयोजना गरेको घर दैलो कार्यक्रमले मुक्तिनाथ बैंकको सेवा सुविधाका बारेमा मात्र नभई यस कार्यक्रमबाट बैंकिङ्ग सुविधाको साक्षरता बढाउने उद्धेश्य बैंकको छ । यसरी घर दैलो कार्यक्रम राख्दै बैंकले ग्राहकहरुमा बैंकका विभिन्न सेवाका बारे ग्राहकहरुको घरमै गएर जानकारी गराउँदा ग्राहकहरुले पनि बैंकिङ्ग सेवा बारे रहेका जिज्ञाशाहरुको उत्तर घरै बसेर पाउने विश्वास बैंकले लिएको छ । यसबाट बैंकको नाम मात्र नभई बैंकिङ्ग श्रेत्रको बारेमा पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।
साथै, बैंकले डिजिटल कारोबारलार् प्रोत्साहन गर्न यस विकास बैंकका एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकका एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया