माछापुच्छ्रे बैंक र कर्जा सुरक्षण कोषबीच सम्झौता, अब ३ करोडसम्मका कृषि कर्जाको सुरक्षण बैंकले गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता पश्चात बैंकले लगानी गर्ने ३ करोडसम्मका कृषि कर्जाहरुको कर्जा सुरक्षण गर्नेछ ।

यसअघि, माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि अन्तर्गत प्रवाह भएका शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ७ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा तथा दलित समुदाय व्यवसाय विकास कर्जा अन्तर्गत लगानी भएका १० लाखसम्म र महिला उद्यमशीलता कर्जा अन्तर्गत लगानी भएका १५ लाखसम्मको कर्जा सुविधाहरुको कर्जा सुरक्षण गर्दै आईरहेको छ ।