एनसीसी बैंकका ग्राहकलाई भरतपुरको मनकामना अस्पतालमा विशेष छुट

एनसीसी बैंकका ग्राहकलाई भरतपुरको मनकामना अस्पतालमा विशेष छुट


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनसीसी बैंक र भरतपुरमा अवस्थित मनकामना अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा ओपिडी चेकअप एण्ड इन्भेस्टिगेसन इन्डोस्कोपी, एक्स रे, युएसजी, प्याथोलोजी टेष्ट, जेनेरल वार्ड र क्याबिन बेड चार्जमा १५ प्रतिशत र ओटी (OT) चार्ज, सिटी स्क्यान, आइसियु, एनआइसियु, एचडियुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।