बैंकिङ्ग समाचार,काठमाडौं ।
प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाता खोली सेवा लिईरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले वियोन्ड फिट प्राइभेट लिमिटेडसँग सम्झौता गरेको हो ।
आईतबार भएको उक्त छूट सम्झौता पछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिदा ३० प्रतिशत छूट पाउने भएका छन् । एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिदा सो छूट पाउने प्रभु क्यापिटलले जनाएको छ ।
यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छूट सम्झौताको मितिदेखि तीन महिनासम्म लिन सक्ने कम्पनीले जनाएको छ ।
अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मा सेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ ।



About Us
प्रतिक्रिया