समृद्धि फाइनान्सको नयाँ शाखा कार्यालय इटहरीमा विस्तार

समृद्धि फाइनान्सको नयाँ शाखा कार्यालय इटहरीमा विस्तार


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्सले आफ्नो छैटौ शाखाको रुपमा इटहरी शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले उक्त नयाँ शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको प्रदेश नं. १ कार्यालयकी प्रमुख मिना पाण्डे, एटहरी उ.वा. संघका अध्यक्ष भिम पौडेल, इटहरी उ.म.न.पा. वार्ड ६ का वार्डअध्यक्ष दिवश पोख्रेल सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रमको अध्यक्षता फाइनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले स्वागत मन्तव्य राख्दै फाइनान्सको वित्तीय कारोबार सम्बन्धि जानकारी गराएका थिए । 

त्यस्तै चाँडै नै सातौं र आठौ शाखाको रुपमा बनेपा र जनकपुर शाखाको पनि उदेघाटन गरिने जानकारी फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्धन अधिकृत सुरज कुमार सर्राफले बताए ।