बैंकिङ्ग समाचार, काठमाडौं ।
खप्तड लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) आज बिहान बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज सोमबार आईपीओ बाँडफाँट गरिएको हो ।
क्यापिटलका अनुसार आइपीओमा कुल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेको थियो । जसमध्ये १ लाख ४४ जनाको आवेदन अयोग्य रहेको र कुल १७ लाख ८३ हजार ७४ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।
योग्य रहेका १७ लाख ८३ हजार ७४ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट १२ हजार ३ सय ४० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको हात खाली भएका छन् ।
लघुवित्तले जारी पूँजी ४ करोडको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता आइपीओ जारी गरेको हो । कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिने व्यवस्था थियो ।
प्रतिक्रिया