नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई बैंकको ऋण्पत्र सूचीकृत भएको छ । बैंकको '१०.२५ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८६' नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

प्रति कित्ता एक हजार रुपैयाँ अंकित दरमा २४ लाख १ हजार ४८२ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । ५ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्नेहरुले वार्षिक १०.२५ प्रतिशत व्याज पाउउने पाउनेछन् ।

कम्पनीले सानिमा क्यापिटल मार्फत ऋणपत्र सर्वसाधारण समक्ष निष्काशन गरेको थियो ।

नेप्सले बैंकको ऋणपत्रलाई SBID83 करोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेत बैंकको ऋणपत्र आइतबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।