एनसीसी बैंकको वित्तिय साक्षरता कार्यक्रम दमकको विद्यालयमा सम्पन्न

एनसीसी बैंकको वित्तिय साक्षरता कार्यक्रम दमकको विद्यालयमा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले दमकको ढुकुरपानी माध्यमिक विद्यालय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सन इन्फोटेकसँगको संयोजकत्वमा शुक्रबार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले बैंकले प्रदान गरिरहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिएका थिए । यसैगरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बैंकिङ् कारोबारको प्रयोग बढाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा उक्त विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारी लगायत शिक्षक, विद्यार्थी, अभिभावकका साथै दमक बहुमुखी क्याम्पसका अध्यक्ष दवी प्रसाद दाहाल, दमक चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र कुमार ढकालको समुपस्थिति रहेको थियो ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।