बैंकिङ्ग समाचार, काठमाडौं ।
बेष्ट फाइनान्स कम्पनीले नयाँ मुद्दती बचत योजना सार्वजनिक गरेको छ । ‘बचत डबल गर्ने की तेब्बर’ भन्ने शिर्षकमा फाइनान्सले यो नयाँ योजना ल्याएको हाे ।
ग्राहकको रकमलाई सुरक्षित बचत गरी उच्च प्रतिफल दिने लक्ष्यका साथ ल्याइएको यो योजनामा साधारण मुद्दती बचत तर्फ ५ वर्ष ११ महिनामा राखेको रकमको डबल हुनेछ । त्यस्तै ९ वर्ष ५ महिनामा जम्मा गरेको रकमको तेब्बर हुने फाइनान्सले बताएको छ ।
फाइनान्सले रेमिट्यान्स मुद्दती बचतमा भने ५ वर्ष ७ महिनामा डबल र ८ वर्ष १० महिनामा तेब्बर हुनेछ । यो विशेष बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले मोबाइल बैंकिङ्ग र एटिएम सेवा निः शुल्क पाउने फाइनान्सले जनाएको छ ।



About Us
प्रतिक्रिया