आइएमई पे र दराजको “दराज वालेट डे” अफर, प्रत्येक बुधबार भुक्तानी गर्दा १०% छुटको भाउचर पाईने

आइएमई पे र दराजको “दराज वालेट डे” अफर, प्रत्येक बुधबार भुक्तानी गर्दा १०% छुटको भाउचर पाईने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौता अनुसार हरेक बुधबार आइएमई पे मार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ ।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ । 

यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि  छ । यसै सम्बन्धि दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।