बैंकिङ्ग समाचार, काठमाडौं ।
बिहीबार बेलुकादेखि सिडीएससीको सिस्टम नचल्ने भएको छ । आज बेलुका साढे ५ बजेदेखि अधिकतम १ दिनको लागि सिस्टम बन्द रहने भएको हो ।
सिडीएससीले एक सूचना जारी गरेर बिहीबार साँझ साढे ५ बजेदेखि अधिकतम एक दिनका लागि सम्पूर्ण सेवा बन्द हुने जनाएको हो ।
सिंहदरबारमा रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नु पर्ने भएकाले सेवा बन्द गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ । सूचनामा जनाइए अनुसार सिडीएससीले संचालक गरेका मेरो शेयर, सि–आस्वा, वेब सिडीएएस, सिएनएस लगायतका सम्पूर्ण सेवाहरु एक दिनका लागि बन्द हुने भएका छन् ।



About Us
प्रतिक्रिया