सनराइज बैंकले ल्यायो तिजको उपलक्ष्यमा महिलाहरुका लागी अफरै अफर


बैंकिङ्ग समाचार, काठमाडौं ।
महिलाहरुको महान चाड हरितालिका तिज रहेको भाद्र महिना, महिलाहरुको लागि विशेष महिना मानिन्छ । महिलाहरुलाई प्राथमिकता दिदै आएको सनराइज बैंकले महिलाहरुका लागि यस महिनामा विभिन्न विशेष योजनाहरु ल्याएको छ ।

तिजको लागि महिलाहरुको किनमेल गर्नुपर्ने आवश्यकतालाई मध्य नजर गर्दैै बैंकले भाद्र १ गते देखि भाद्र १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुलाई पहिलो कारोबारमा १५ प्रतिशत सम्म वा रु ५०० नबढ्ने गरी क्यासव्याक (Cashback) दिने व्यवस्था गरेको छ । साथै भाद्र महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वाखाता भएका नारीहरुले पहिलो वर्षको लागि Free Debit Card, Free Mobile Banking, Free Dmat, Free Mero Share, Free Credit card शुल्क तथा गरगहना राख्नको लागि लकर सुविधा लिन सकिने जसमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।

सनराइज बैंकले सनराइज नारी बचत खातामा रु १०,००० सम्मको प्रसुती खर्च र रु ५ लाख सम्मको घातक रोग खर्च दिदै आएको छ । साथै स्वास्थ्य योजना अन्तर्गत रु १ लाख सम्मको स्वास्थ्य बीमा र रु ५ लाख सम्मको दुर्घटना बीमा समेत दिदै आएको छ ।