बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश लिन अनुरोध गरेको छ । बैंकले असार मसान्तसम्म ५ वर्ष अवधि नाघेका तर सम्बन्धित शेयरधनीले नलिएको रू. २ लाख ७१ हजार ४०० नगद लाभांश लिन शेयरधनीलाई अनुरोध गरेको हो ।
उक्त लाभांश बैंकको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड समामार्ग नक्साल काठमाडौंमा सम्पर्क गरी लिन सकिनेछ ।
साथै बैंकमा विगत १० वर्ष वा सोभन्दा बढी समयदेखि चल्तीमा नरहेका तथा दाबी नभएका निक्षेप खाताहरूमा विभिन्न ग्राहकहरूको मौज्दात रहेको हुँदा उक्त रकम समेत आवश्यक प्रमाणसहित बैंकको सम्बन्धित शाखामा सम्पर्क गरी लिन अनुरोध गरिएको छ ।
उक्त भुक्तानी गर्न बाँकी लाभांश तथा निक्षेप रकम लिन नगएमा प्रचलिन कानून बमोजिम प्रक्रिया अघि बढ्ने जानकारी बैंकले गराएको छ ।



About Us
प्रतिक्रिया