बैंकिङ्ग समाचार, काठमाडौं ।
बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको करिब ३०० निम्न आर्थिक आय भएका परिवारका विद्यार्थीहरु पढ्ने लक्ष्मी माध्यमिक विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको अवस्थामा सनराइज बैंकले उक्त विद्यालयमा ३०० विद्यार्थीहरुलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको RO Filter Plant जडान गरेको छ ।
मिति २०७९/४/२६ बिहिबार विद्यालयमा भएको एक कार्यक्रममा सो RO Filter Plant को उद्घाटन गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा सनराइज बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उप–महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नरिश्वर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा सल्लाहकार परमानन्द भट्टराई, विद्यालयकी प्र.अ. शान्ति शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम ढकालको उपस्थिती रहेको थियो ।
उक्त सामाजिक कार्यले विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पुर्याउने विद्यालयकी प्र.अ. शान्ती शर्माले बताईन् ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि थप यस्तै सहयोगहरु गदै जाने बताएको छ ।



About Us
प्रतिक्रिया