‘अब व्यवसायमा लगानी मात्रै होइन, प्राविधिक सहयोग पनि’ 

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
ग्लोवल इक्विटी फण्डले भेन्जर क्यापिटल व्यवसाय सञ्चालनको लाइसेन्स पाएसँगै  लगानी गर्ने दौडमा अगाडि बढेको छ । यससँगै कम्पनीका म्यानेजिङ्ग पार्टनर मनिष थापाले लगानी गर्ने भन्ने सुन्नेबित्तिकै आफुसँग व्यवसाय विस्तारको लागि आवश्यक पुँजी माग्नेको घुँइचो लागेको बताउँछन । उनी भन्छन ‘जसरी म्युचल फन्डले टिम बनाउँछ त्यसरी नै हामीले पनि एउटा टिम बनाउँछौ । त्यस टिमलाई धितोपत्र बोर्डबाट पास गर्नेछौँ ।’

अहिले सम्म नेपालमा बैंक तथा व्यक्तिगत रुपमा लगानी गर्दै आएकोमा अब भने उद्योग, व्यवसाय, स्टार्टअपहरुका लागि लगानीको नयाँ स्रोतका रुपमा प्राइभेट इक्विटी फण्ड र भेन्जर क्यापिटलले लाइसेन्स प्राप्त गरेपछि लगानीमा उक्त कम्पनीले प्रवेश पाएको हो । यद्यपी नेपाल धितोपत्र बोर्डबाट यस्तो लाइसेन्स पाउने ग्लोबल इक्वीटी फण्ड पहिलो कम्पनी हो । करिब ४ बर्षको लामो पर्खापछि ग्लोबल इक्विटी फन्डले पनि लगानीको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट लाइसेन्स प्राप्त गरेको हो । यस कम्पनीले यही साउन १८ गते इजाजत पत्र (लाइसेन्स) पाएको हो । \\

\"\"

बैंक तथा लघुवित्त लगायतको वित्तिय क्षेत्रबाट पैसा उठाउने र लगानीको वातावरण मिलाउने काम भएको डा. थापाको भनाइ छ । बैंकले प्राइभेट इक्विटीमा लगानी गर्न पाउने बारे २ बर्ष अघि नै निर्देशिका जारी गरिसकेको छ । कर्मचारी सञ्चयकोष, सामाजिक सञ्चय कोष लगायत पनि लगानी रहने उनी बताउँछन । तर त्यसको लागि लगानी निर्देशिका नआएकोले त्यसको लागि काम अगाडी बढीरहेको उनले जानकारी दिए । 

यस कम्पनीले भविष्यमा ठुलो सम्भावना बोकेर उद्योग व्यवसायहरुले लगानी सँगै अन्य फाइदा प्राप्त गर्न पनि प्राइभेट इक्विटी र भेन्जर क्यापिटलहरुको सहयोग लिन थालेका छन् । नेपालमा यस्तो कम्पनीको कसेप्ट सन् १०१२ मा नै सुरु भएको थियो । यस अघि नै नेपालमा नीजी क्षेत्रबाट यस्तो फन्डको अभ्यास भएको थापा बताउँछन । 

प्राइभेट इक्वीटी भेन्चर क्यापिटल भनेको कस्तो संस्था हो ? 

संसारको अर्थतन्त्र र यसको विकासलाई नजिकबाट नियाल्दा प्राईभेट इक्युटी भेन्चर क्यापिटलको भुमिका अत्यन्तै ठुलो र उल्लेखीय मानिन्छ । यस्ता कम्पनीहरु एउटा ठुलो क्यापिटल उपलब्ध गराउँने संस्थाको रुपमा परिचित छन । बैंकले कसैलाई कर्जा उपलब्ध गराउँछ भने प्राईभेट इक्युटि फण्डले कुनै प्राईभेट संस्थालाई कर्जा उपलब्ध गराउँछ । जस्तै, कुनै व्यक्तीसँग केही काम गर्ने योजनाहरु छन तर त्यसको लागि पुँजीको अभाव छ भने त्यस्ता व्यक्तीलाई व्यवसाय विस्तारको लागि भेन्चर क्यापिटलले लगानी गरिदिनेछ । फेरि कम्पनी सञ्चालन गर्नका लागि एकै प्रकारको ज्ञानले पुग्दैन, मानौ कसैसँग आइटिको धेरै जानकारी छ भने उसलाई अन्य व्यवस्थापकिय जानकारी नहुन पनि सक्छ ।

तर कम्पनी सञ्चालन गर्नका लागि त व्यवस्थापन सम्बन्धी जानकारी , कानुनी जानकारी लगायतका थुप्रै कुराहरु चाहिन्छ । त्यस खालको परिवन्ध पनि भेन्चर क्यापिटलले उपलब्ध गराउँछ । त्यसैले प्राईभेट इक्युटी भेन्चर भनेको कर्जा मात्र होइन कि इक्युटी र एक्सपोर्टलाई ल्याएर त्यस व्यापारलाई ठुलो बनाउन सहयोग गर्ने संस्था हो । आज फेसबुक लगायतका ठुलो कम्पनीलाई पनि यस्तै संस्थाहरुले सहयोग गरेर नै आजको दिनसम्म  आईपुगेको हो डा. थापा जिकिर गर्छन । उनी भन्छन, ‘संसारमा सन् २०२१ कै तथ्याङक हेर्ने हो भने हामी जस्तो संस्थाले धेरै लगानी गरेको पाइन्छ । अझ हाम्रो छिमेकी देशमा ७७ विलियन भन्दा बढी स्टार्टअफ व्यापारलाई सहयोग गर्दाै आएको पाईन्छ ।’ 

कहाँबाट जुटाइन्छ लगानीयोग्य रकम ? 

यस इक्विटी फन्डलाई पहिलो लगानीकर्ताको रुपमा धनाढ्य व्यक्तिहरुको लगानी हुनेछ । हाल यसमा खेतान ग्रुपका राजेन्द्र खेतान, बीएलसी कम्पनीका बसन्त चौधरी लगायतका व्यक्तिले फन्डमा लगानी गरिरहेका छन् । 

दोस्रो लगानीको स्रोत भनेको वित्तिय संस्थाहरु रहेका छन । जस्तै, जीवन बीमा, नागरिक लगानी कोष, पेन्सन फण्ड, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष नेपाल ट्रस्ट लगायतका संस्थाहरु छन् । 
तेस्रो भनेको गैरआवसीय नेपालीले पनि इक्विटी फण्डमा लगानी गर्न सक्छन् । 

चौथौ लगानीकर्ता भनेको डेभलपमेन्ट, फाइनान्स इन्स्टिच्युटहरु हुन् । नीजी क्षेत्रमा लगानी गर्ने विदेशी संस्थाहरु पनि प्राइभेट इक्विटीको मुख्य स्रोतहरु हुन् । 

इक्विटी फन्डले कुन–कुन क्षेत्रमा लगानी गर्छ ?

यस ग्लोबल इक्विटी फन्डले ६ क्षेत्रमा लगानी गर्नेछ । यस फन्ड कम्पनीले सोलार, शिक्षा, कृषि, स्वास्थ्य, आइटी, पर्यटन लगायतको क्षेत्रमा लगानी गरिनेछ ।  संस्थाले २ अर्बको १० प्रतिशत अर्थात २० करोड बराबरको रकम नव उद्यमी व्यवसायीहरुको लागि छुट्याइने बताएको छ ।  
शेयर मार्फत लगानी गरिने भएकोले यसमा लामो समय सम्म लगानी हुँदैन ।   कुनै पनि क्षेत्रमा लगानी गरिसकेपछि करिब ३ बर्ष देखि ७ बर्ष सम्म लगानी गरिनेछ । ठुला–ठुला कम्पनीमा यस संस्थाले काम गर्नेछ भने सानो–सानो व्यापारीक क्षेत्रमा भने कि अरुलाई नै शेयर बेच्चछ कि त  जो व्यापारी हो उसैले उक्त संस्थालाई बेच्नेछ । त्यसैले ग्लोबल इक्विटी फन्ड लगानीकर्ताको रुपमा रहने छ । 

स्टार्टअप बिजनेसलाई प्राविधिक सहयोग पनि दिइने 

डा. थापाको अनुसार ‘ग्लोवल इक्विटी फन्डले पैसा मात्र लगानी गदैन । यस संस्थाले व्यापार व्यवसायलाई फस्टाउनको लागि प्राविधीक सहयोग आवश्यक परेको खण्डमा प्राविधीक सहितको सहयोग पनि प्रदान गर्नेछ’ ।

डा. मनिष थापासँग गरिएको बहसको पुरा भिडियो