सानिमा बैंकले ल्यायो निःशुल्क डिम्याट खाता तथा अन्य विभिन्न सुविधा भएको ‘तीजको कोसेली’ योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, डलर–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जनाएको छ ।

लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यस बाहेक पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने छ । यस योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने र क्यास ब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकले सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।