बैंकिङ्ग समाचार, काठमाडौं ।
सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
उक्त संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघसंस्थाहरूले सूचना प्रकाशित भएको ( साउन २६ गते) मितिबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया