महिला उद्यमीहरुको छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल भरिका उद्यमी महिलाहरुको प्रतिनिधि संस्थाको रुपमा कार्यरत महिला उद्यमी महांसघ नेपालले यहि मिति २०७९ साल भाद्र २ देखि ६ गते (१८ देखि २२ अगष्ट २०२२) सम्म हेरिटेज गार्डेन सानेपामा छैटौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको आयोजना गर्न लागेको छ । महिला उद्यमी महांसघले विगत ५ वर्ष देखि सफलतापुर्वक अन्तर्राष्ट्रिय महिला ब्यापार मेला आयोजना गर्दै आईरहेको छ ।

यस व्यापार मेलामा नेपाल अधिराज्यभरिका साना तथा मझौला महिला उद्यमी, व्यापारी देखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ साथै देश भित्रका विभिन्न जिल्ला संघका महिला उद्यमीहरुको पनि सक्रिय सहभागिता रहनेछ ।

नेपालमा उत्पादन भएका वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने उक्त मेलालाई महिला उद्यमी महांसघ नेपाल, नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्र्तरगत व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र, सानिमा वैंक, ज्योति विकास वैंक, कृषि विकास बैक, सिप्रादी ट्रेडिङ्ग प्रा.लि ले प्रायोजन गरेको छ भने Women’s Bank, FCA, ILO, The Asia Foundation, CECI, लगायतका दातृ निकायहरुको सहयोग रहेको छ ।

उक्त मेलामा हस्तकलाका सामानहरु जस्तैः प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामानहरु, हाते कागजका वस्तुहरु, जैविक खाद्य पर्दाथ स्वदेश तथा विदेशका खानेकुराका परिकारहरु, कृषिजन्य उत्पादनहरु, पुष्प सामाग्रीहरु, जडिवुटीहरु, गरगहना, सजावटका सामानका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुका स्टलहरु प्रर्दशनीमा राखिनेछन् । यस मेलामा जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुका उत्पादनहरुको स्टलहरु रहनेछन् । 

अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेलाले उद्यमी महिलाहरुको सिप र सृजनालाई अगाडी ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफनो पहिचान बनाउन सघाउ पुर्‍याउनुका साथै उनीहरुलाई अगाडी बढ्न प्रोत्साहित गर्ने विश्वास पनि महिला उद्यमी महांसघ नेपालले लिएको छ । यस मेलामा जम्मा १०६ वटा स्टलहरु रहनेछन । स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बंगलादेश आदिका महिला उद्यमीहरुका उत्कृष्ट उत्पादनहरु पनि किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।

मेलाका आर्कषणहरु
• विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा वसोवास गर्ने सफल महिला उद्यमीलाई उद्यमशिलताको पहिचान, प्रोत्साहन र हौसला बढाउन यसपटकको उद्घाटन समारोह सम्माननिय प्रधानमन्त्री शेरवहादुर देउवाबाट गराईने छ ।
• हस्तकलाको महत्व दर्शाउन सम्पुर्ण अवलोकनकर्ताहरुलाई हस्तकलाका उत्पादनको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरिनेछ ।
• अन्र्तराष्ट्रिय मुलुकका महिला उद्यमीहरुको यस व्यापार मेलामा सहभागिता रहनाले नयाँ अनुभव तथा सीप बटुल्न तथा व्यापारिक सञ्जालको विस्तार हुनेछ ।
• नेपालका ग्रामिण क्षेत्रका महिला उद्यमीहरुको सामाजिक तथा आर्थिक सशक्तिकरण गर्नको लागि उपयुक्त मञ्च हुनेछ ।
• नेपालमा भएका स्थानीय साधन र श्रोतहरुको प्रयोग गरी उत्पादन गरिने वस्तुहरुको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म बजारीकरणको लागि सञ्जाल विस्तार हुनेछ ।
• विभिन्न जिल्लाबाट सहभागी महिला उद्यमीहरुलाई प्रोत्साहन स्वरुप विभिन्न विद्यामा उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिनेछ । जसमा उत्पादित वस्तुहरुको प्रर्दशनी, स्टल सजावट प्याकेजिङ्ग तथा लेबलिङ्ग आदि आधारहरु रहनेछन ।

प्रर्दशनी मेलाको उद्देश्यहरु
• महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुका प्रदर्शनी, प्रवद्र्घन, बजारीकरण र विक्रिका लागि एक साझा स्थल श्रृजना गर्ने,
• अनलाइन बजारीकरणको प्रयोगलाई प्रोत्साहन गर्दै अन्र्तराष्ट्रिय बजारसम्म स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने
• विश्वभरिका उद्यमी महिलाहरुका विचमा सञ्जाल तथा सम्पर्क र समन्वयलाई प्रोत्साहन गर्ने,
• नयाँ अवधारणाहरु, विचारहरु, वस्तु तथा सेवाहरु र प्रविधि आदान प्रदानका लागि कम लागतमा साझा स्थानको प्रवद्र्घन गर्ने,
• विभिन्न खालका वस्तु तथा सेवाहरु एकै स्थानबाट प्राप्त गर्न सकिने,
• नेपाली तथा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुका विच प्रविधि तथा शिप आदान प्रदान गर्ने अवसरहरु प्रदान गर्ने,
• सहकार्य तथा संयुक्त लगानीका अवसरहरुका लागि मार्ग प्रशस्त गर्ने,
• ब्यवसायी देखि ब्यवसायी र ब्यवसायी देखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ठ अवसरहरुको खोजी गर्ने ।

गतिविधिहरुः

क्र.श मिति कार्य
१८ अगस्ट २०२२, बिहीबार
(२ भाद्र २०७९)
उद्घाटन
मेलाको पहिलो दिन
१९ अगस्ट २०२२, शुक्रबार
(३ भाद्र २०७९)
गोष्ठी
मेलाको दोस्रो दिन
२० अगस्ट २०२२, शनिबार
(४ भाद्र २०७९)
B2B अन्तरक्रिया र कार्यशालाहरू
मेलाको तेस्रो दिन
२१ अगस्ट २०२२, आइतबार
(५ भाद्र २०७९)
B2B अन्तरक्रिया र कार्यशाला
मेलाको चौथो दिन
२२ अगस्ट २०२२, सोमबार
(६ भाद्र २०७९)
समापन समारोह
मेलाको ५ औं दिन