राष्ट्र बैंकले आज ७ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार (आज) ७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकले साउन २३ गते सोमबार ७ अर्ब १० करोड ट्रेजरी बिल बोलकबोल गरि मंगलबार बिल निष्काशन गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको ७ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोलमार्फत बिक्री गर्न लागेको हो । यो पुरानो ट्रेजरी बिलको नवीकरण हो । राष्ट्र बैंकले यस अघि जारी गरिएको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी आगामी कात्तिक २२ गते परिपक्व हुनेछ । यसअघि राष्ट्र बैंकले ९१ दिन अवधिको ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिन अवधिको ५ अर्ब गरी कूल १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत सोमबार (आज) दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्र-बैंक तथा वित्तीय संस्थालगायत मध्ये सर्वाधिक ब्याज अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत प्रत्येक हप्ता यस्ता ऋणपत्र बिक्री गर्दछ ।