इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रकृयामा रहेको मेगा बैंकको नाफा करिब २२% बढेर ३ अर्ब नजिक, ईपिएस कती ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा करिब २२ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१.७८ प्रतिशतले धेरै हो ।

बैंकको गत आर्थिक वर्षमा खुद ब्याज आम्दानी २.०४ प्रतिशत बढेर ५ अर्ब ९१ करोड १३ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा २५.८३ प्रतिशत बढेर ४ अर्ब १३ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ६३ करोड ६० लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर १६ अर्ब १२ करोड ४ लाख रुपैयाँ, जगेडा कोष २१.२५ प्रतिशत बढेर ६ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ, निक्षेप १२ प्रतिशत बढेर १ खर्ब ५३ अर्ब ४८ करोड २२ लाख रुपैयाँ र कर्जा ७.५९ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ७८ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १.७० रुपैयाँ बढेर १७.५७ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२.५२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.८७ गुणा रहेको छ ।