नेपाल बैंकको नाफा १०% ले बढ्यो, वितरणयोग्य नाफा भने ५५% घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १०.२९ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २६ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९६ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको नाफा बढेपनि करिब ६१ करोड रुपैयाँ रेगुलेटरी रिजर्भमा छुट्याउदा बैंकको वितरणयोग्य नाफा भने ५५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा बैंकले निक्षेप संकलन २०.४२ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि सोहि अनुसार २०.८६ प्रतिशतले बढाएको छ ।

गत असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ७.२३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ४२ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

बैंकको कुल सञ्चालन आम्दानी १.१३ प्रतिशत बढेर ८ अर्ब २८ करोड १५ लाख रुपैयाँ, सञ्चालन नाफा ५.४४ प्रतिशत घटेर ४ अर्ब ११ करोड १० लाख रुपैयाँ, नेट फि एण्ड कमिसन आम्दानी ८८ करोड २५ लाख रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्ममा १४ प्रतिशत बढेर १४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ २४८.४२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.१४ गुणा रहेको छ ।