बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा बैंकले ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
अघिल्लो वर्ष ५ अर्ब ६६ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष १५.७५ प्रतिशत बढेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ५५ करोड २२ लाख रुपैयाँ गरेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ । गत वर्ष बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेर ५ अर्ब २१ करोड २९ लाख रुपैयाँ, खुद फि तथा कमिसन आम्दानी ३८.०३ प्रतिशत बढेर १ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत बढेर ८ अर्ब ७० करोड ५० लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्ष बैंकको २ अर्ब ३३ करोड ४७ लाख रुपैया वितरणयोग्य नाफा रहेकोमा गत वर्ष ३.५५ प्रतिशत बढाएको छ । गत वर्ष बैंकको यस्तो नाफा २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.५० प्रतिशत बढेर १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष १६.०६ प्रतिशत बढेर ८ अर्ब ८४ करोड ९ लाख रुपैयाँ, निक्षेप १२.३७ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब ८२ करोड ९० लाख रुपैयाँ र कर्जा १६.४१ प्रतिशत बढेर १ खर्ब ७५ अर्ब ७८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्ममा बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३ रुपैयाँ ५५ पैसा बढेको छ । अघिल्लो वर्ष १६.६१ रुपैयाँ रहेकोमा गत वर्ष २०.१५ रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२.९५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।



About Us
प्रतिक्रिया