बैंकिङ्ग समाचार, काठमाडौं ।
गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. १ करोड ८६ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष ५४ दशमलव ७५ प्रतिशत कम खुद नाफा गरेको हो ।
अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले रू. ४ करोड ११ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष सम्भावित जोखिम शिर्षकमा बढी रकम छुट्याएकाले कम्पनीको सञ्चालन नाफा ७० दशमलव २७ प्रतिशत कम भएको छ ।
कम्पनीले अघिल्लो वर्ष सम्भावित जोखिम शिर्षकमा ३ करोड ३४ लाखभन्दा बढी रकम छुट्याएको थियो भने गत वर्ष ४ करोड ११ लाखभन्दा बढी छुट्याएको छ । सो कारण अघिल्लो वर्ष रू. ४ करोड ६९ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. १ करोड ३९ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो ।
१९ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १५ करोड १५ लाख ५४ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. ४ करोड ७८ लाखभन्दा बढी कायम भएको छ । जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा गत वर्ष १३ दशमलव ६५ प्रतिशत कम भएको हो ।
कम्पनीले अघिल्लो वर्षभन्दा ४२ दशमलव ४० प्रतिशत बढी रू. १ अर्ब ४५ करोड कर्जा सापटी लिएको छ भने ४१ दशमलव ८७ प्रतिशत बढी रू. २ अर्ब १९ करोड कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने ३६ दशमलव ५७ प्रतिशत बढी रू. ५७ करोड ३२ लाख भएको छ ।
अघिल्लो वर्ष २ दशमलव ३५ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६४ प्रतिशतमा झरेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १२ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ५६ रहेको छ ।
प्रतिक्रिया