सनराइज बैंकको मोवाइल बैंकिङ्गमा नेपाल पे क्युआरको सेवा उपलब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
“स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं” भन्ने मुल नाराका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रबर्धन गर्दै आएको सनराइज बैंकले National Payment Switch अन्तर्गत NEPALPAY QR लाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टमा एकीकृत गरेको छ । 

हिजो बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रम बिच बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लि. का प्रमुख कार्यकारी अधिकृत निलेस मान सिंह प्रधानले संयुक्त रुपमा यो सेवाको शुभारम्भ गरेका थिए । सनराइज बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी NEPALPAY QR र्मचेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, सनराइज बैंकमार्फत QR भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायी हरुले NEPALPAY QR standee पनि प्राप्त गर्न सक्नेछन् ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्धेश्यले बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क (POS तथा QR), १५९ एटिएम, १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आम ग्राहकमा सेवा प्रदान गर्दै आएको छ ।