बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री गर्ने भएको छ । कम्पनीले यसअघि विक्री नभएको १ लाख २० हजार ८५ कित्ता संस्थापक शेयर अन्य व्यक्ति वा संस्थाका लागि विक्री गर्न लागेको हो ।
कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै उक्त कित्ता शेयर संस्थापक शेयरधनीका लागि खुलाएको थियो । तर, संस्थापक शेयरधनीले उक्त शेयरमा निवेदन नदिएपछि सर्वसाधारणमा विक्री गरेको हो ।
शेयर किन्न इच्छुकलाई १५ दिनभित्र आवश्यक कागजातसहित रूपन्देही, तिलोत्तमा ५ स्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएको छ ।
प्रतिक्रिया