एनआईसी एशिया लघुवित्तको नाफा २४.४९% बढ्दा ईपीएस पुग्यो ३३.६७ रुपैयाँ

एनआईसी एशिया लघुवित्तको नाफा २४.४९% बढ्दा ईपीएस पुग्यो ३३.६७ रुपैयाँ


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको आम्दानी र ईपीएस दुबै उल्लेख्य रुपमा बढेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २४.४९ प्रतिशत बढेर ५८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३५ प्रतिशत बढेर १ अर्ब ४९ करोड ५ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ अर्ब ३ करोड ९७ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत असार मसान्तसम्ममा लघुवित्तको सञ्चालन नाफा ३१.७२ प्रतिशत बढेर ९२ करोड ९३ लाख ६३ हजार रुपैयाँ र कूल सञ्चालन आम्दानी ४८.६९ प्रतिशत बढेर १ अर्ब ७७ करोड ४० लाख ५३ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ६८.५५ प्रतिशत बढेर १ अर्ब ४० करोड ८९ लाख ४ हजार रुपैयाँ, सापटि रकम ४.६१ प्रतिशत बढेर १६ अर्ब ३१ करोड ७ लाख ५७ हजार रुपैयाँ, निक्षेप २५.१९ प्रतिशत बढेर ३ अर्ब ३५ करोड २६ लाख ६२ हजार रुपैयाँ र कर्जा २९.३३ प्रतिशत बढेर २१ अर्ब ८४ करोड ७३ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ २० पैसा बढेर ३३.६७ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ३२.४७ रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा लघुवित्तको मूल्य आम्दानी अनुपात २५.५४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ रहेको छ ।