बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशत बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्ष सो अवधिसम्म रू. २२ करोड ७६ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष रू. २५ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा भने २६ दशमलव ९३ प्रतिशत बढी भएको छ ।
अघिल्लो वर्ष रू. ३१ करोड ३२ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत वर्ष रू. ३९ करोड ७६ लाखभन्दा बढी यो नाफा गरेको हो । गत वर्ष अघिल्लो आर्थिक वर्षको मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. ५५ करोड २५ लाख ८९ हजार कायम गरेको कम्पनीको जगेडा कोष रकम पनि ३३ दशमलव ४५ प्रतिशत बढेर रू. ४६ करोड ९ लाखभन्दा बढी पुगेको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अघिल्लो वर्षभन्दा करीब ३५ प्रतिशत बढी रू. ४ अर्ब ६३ करोड ४१ लाख कर्जा सापटी लिएको कम्पनीले ३३ दशमलव ७४ प्रतिशत बढी रू. ८ अर्ब २४ करोड २१ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष ३८ दशमलव ४६ प्रतिशत बढी रू. २ अर्ब ९६ करोड १२ लाख निक्षेप संकलन गरेको छ ।
अघिल्लो वर्ष २ दशमलव ६६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव ६४ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४५ दशमलव ३४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १८३ दशमलव ४२ रहेको छ ।



About Us
प्रतिक्रिया