बैंकिङ्ग समाचार, काठमाडौं ।
साउनको पहिलो साता बैंकिङ्ग प्रणालीमा निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तको तुलनामा साउन पहिलो सातामा वाणिज्य बैंकहरुको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो ।
संघका अनुसार असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन ६ गतेसम्ममा बैंकहरुको निक्षेप ६३ अर्बले घटेर ४४ खर्ब ७८ अर्ब पुगेको छ ।
यस अवधिमा कर्जा प्रवाह पनि १० अर्बले घटेको छ । संघका अनुसार असार ३२ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रहेकोमा साउन ६ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १० अर्बले घटेर ४१ खर्ब ६५ अर्ब पुगेको छ ।
यस अवधिमा बैंकहरुको सिडी रेसियो ८७.७५ प्रतिशत रहेको संघले जनाएको छ ।



About Us
प्रतिक्रिया