बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजना अन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकहरुको चाहना बमोजिम सो भन्दा अझ बढी हुनेछ ।
बैंकको योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागु हुने बैंकले जनाएको छ । तर उक्त मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । यसले ग्राहकहरूलाई आफ्नो निक्षेपको उच्चतम् प्रतिफल प्राप्त गर्न टेवा पुर्याउने बैंकको विश्वास रहेको छ । बैंकले समयानुकूल उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्ष रुपमा लावान्भित हुने खालका योजना ल्याउने गरेको छ ।
मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकलाई सेवा दिँदै आएको छ ।



About Us
प्रतिक्रिया