मर्जरमा जाने बैंक/वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले मर्जरको संझौता गरेका बैंक तथा वित्तीय संस्थाको शेयर कारोबार रोक्का गर्ने व्यवस्थाको खारेजी गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् । 

नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको शेयर कारोबार रोक्का गर्ने व्यवस्थाको अभ्यास अन्तर्राष्ट्रिय स्तरमै नरहेको भन्दै यसको खारेजिका लागि पहल गर्दै आएको थियो ।

नेपाल राष्ट्र बैंकको अभ्यासलाई देखाउदै अन्य कम्पनीको पनि शेयर कारोबार रोक्का हुँदै आएको थियो । अव बीमा समितिले पनि यस विषयमा केहि निर्देशन जारी गर्ने बाटो खुला भएको छ । हाल १७ वटा भन्दा बढी बीमा कम्पनीको शेयर कारोबार यहि मर्जरका कारण रोक्का छ ।