बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १० करोड ८५ लाख खुद नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा १० दशमलव ७४ प्रतिशत वृद्धि भएको हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्ममा रू. ९ करोड ८० लाख थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १९.५० प्रतिशत र सञ्चालन नाफा २५.७८ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको चुक्ता पूँजी रू. २८ करोड २१ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २९ करोड २२ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. २ अर्ब २५ करोड सापटि लिएर,रू. १ अर्ब ६४ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ४६ करोड कर्जा लगानी गरेको हो ।
खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ३१ पैसा घटेर ३८ रुपैयाँ ४८ पैसा (वार्षिकीकरण)मा सीमित भएको छ, मूल्य आम्दानी अनुपात ३० दशलमव १ गुणा, तरलता अनुपात १० दशलमव ९० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २०३ दशमलव ५६ रहेको छ ।
प्रतिक्रिया