नेपाल लाइफको सिइओमा प्रविण रमण पराजुली नियुक्त

नेपाल लाइफको सिइओमा प्रविण रमण पराजुली नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल लाइफ इन्स्योरेन्सको सिइओमा प्रविण रमण पराजुली नियुक्त भएका छन् । कम्पनीले उनलाई साउन ४ गतेदेखि लागु हुने गरी सिइओ नियुक्त गरेको हो ।

कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो । बीमा समितिले पराजुलीलाई सिइओ नियुक्त गर्न साउन ३ गते स्वीकृति प्रदान गरेको हो । 

पराजुली रिलायन्स लाइफ इन्स्योरेन्सको सिइओबाट बाहिरीएपछि नेपाल लाइफमा डेपुटी नियुक्त भएका थिए । कुलिङ्ग पिरियडका कारण डेपुटी सिइओ बनेका उनले ६ महिनापछि सिइओको जिम्मेवारी समालेका हुन् ।