सिभिल बैंकले ल्यायो दोब्बर प्लस र तेब्बर प्लस मुद्दती योजनाहरु, प्लस सुविधाहरु सहित दोब्बर/तेब्बर भुक्तानी दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले दुई नयाँ आकर्षक मुद्दती योजनाहरुः दोब्बर प्लस र तेब्बर प्लस ल्याएको छ । 

यी मुद्दती योजनाहरु अन्तर्गत ग्राहकहरुले आफ्नो मेहेनतको कमाईलाई तोकिएको अवधिसम्ममा जम्मा गर्दा दोब्बर वा तेब्बर रकम एकमुष्ट रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन् । यति मात्र नभई यी मुद्दती योजनाहरुमा नेपालमै पहिलो पटक रु. १० लाख सम्मको जीवन बीमा सुबिधा (रिलायन्स लाईफ इन्सुरेन्ससँगको सहकार्यमा) र रु. १० लाखको दुर्घटना बीमा सुबिधा (अजोड इन्सुरेन्स सँगको सहकार्यमा) निःशुल्क रुपमा उपलब्ध गराईनेछ ।

६ वर्ष ३ महिना २४ दिनमा ग्राहकहरुले आफुले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट रुपमा प्राप्त गर्न सक्नेछन् ।। त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा बिना कुनै झन्झट उपलब्ध गराईनेछ ।

बैंकले वचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशत सम्मको ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

यस बैंकले सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम मार्पmत सेवा प्रदान गरिरहेकोे छ । साथै बैंकले गत आषाढ मसान्तसम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।