नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच रेमिट्यान्स भूक्तानी सम्बन्धि सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक र नेपाल रेमिट इन्टरनेसनलबिच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमकाबीच नेपाल बैंक कोतर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेसनलका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिट्यान्स नेपाल बैंकको सबै शाखाहरु, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ । 

नेपालभर रहेका बैंकका २१९ शाखाहरु, ४७ वटा एक्सटेन्सन काउन्टर, २६० भन्दा बढि रेमिट्यान्स भूक्तानी गर्ने सव एजेन्ट तथा ५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी हुने छ ।