सोमवार नेप्सेमा सूचीकृत भएको आदर्श लघुवित्तको शेयर कारोबार बुधवार पनि हुन सकेन

सोमवार नेप्सेमा सूचीकृत भएको आदर्श लघुवित्तको शेयर कारोबार बुधवार पनि हुन सकेन


बैंकिङ्ग समाचार, काठमाडौं ।
आज बुधवार पनि स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार हुन सकेन । कम्पनीको शेयर सोमवार नेप्सेमा सूचीकृत भएको थियो । सो आधारमा कम्पनीको शेयर मंगलवार देखि कारोबारमा आउनुपर्ने हो । तर, मंगलवार कारोबार म्याचिङ नभए पछि लघुवित्तको शेयर कारोबारमा आउन सकेन ।

बुधवार पनि स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार म्याचिङ हुन नसक्दा शेयर कारोबार नभएको हो । अब कम्पनीको शेयर विहीवार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपछि मात्र नियमित समयमा कारोबारमा आउनेछ । 

नेप्सेले पहिलो लघुवित्तको शेयर कारोबारको लागि रू. १२२ दशमलव ८८ देखि ३६८ दशमलव ६४ ओपन रेञ्ज तोकेको थियो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ६७ हजार कित्ता आइपिओ र संस्थापकले लगानी गरेको १ लाख ४० हजार कित्ता गरेर कुल २ लाख ७ हजार कित्ता साधारण शेयर सोमवार नेप्सेमा सूचीकृत गराएको थियो ।