मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि. WORLD CONFEDERATION OF BUSINESS (WORLDCOB) संगठनद्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “द बिज अवार्ड २०२२” द्वारा विभिन्न ६ विधाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी सम्मानित भएको छ । सो कार्यक्रमका आयोजनाकर्ताले विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ । 

मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा “Business Excellence Certificate” द्वारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि “Business Excellence Certificate” WORLDCOB ले सम्मानित गरेको हो । 

यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने “ग्लोबल एसएमई अवार्ड २०२१” को SME Financier of The Year- Asia विधामा पनि बैंक सम्मानित भएको थियो ।